झापाका ६३० विपन्नका लागि घर निर्माण « Khabarhub

झापाका ६३० विपन्नका लागि घर निर्माण


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिए ।

‘विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो’, उनले भने, ‘केही घर निर्माणका क्रममा छन् ।’ सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ ।

संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गरे ।

सहारा नेपालका लेखा अधिकृत राजु गिरीले परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको जानकारी दिए । एउटा घर निर्माणमा रु एक लाख ८५ हजार लाग्ने उनले बताए । सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ३४ बजे

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा

उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर

यो वर्षका शीर्ष तीन हिट फिल्मभन्दा ‘पूर्णबहादुरको सारङ्गी’को व्यापार बढी

काठमाडौं – कुन फिल्मलाई हिट मान्ने ? यसको स्पष्ट जवाफ