जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने « Khabarhub

जी-७ समूह राष्ट्रले रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी- ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी- ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको सुन निर्यात गर्छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी सुनमाथिको प्रतिबन्धले ‘रूसी कुलीन वर्गलाई प्रत्यक्ष असर गर्ने र पुटिनको युद्ध मेसिनको मुटुमा प्रहार गर्ने’ टिप्पणी गरेका छन् ।

पुटिनले अर्थहीन र बर्बर युद्धमा आफ्नो घट्दो स्रोतहरू खेर फालिरहेको उनले आरोप लगाए । उनले युक्रेनी र रूसी जनता दुवैको खर्चमा आफ्नो अहंकार प्रदर्शन गरेकोसमेत आरोप लगाए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना