पाल्पाका स्थानीय तहले ल्याए अर्बको बजेट « Khabarhub

पाल्पाका स्थानीय तहले ल्याए अर्बको बजेट


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पाका स्थानीय तहले आगामी वर्षको लागि रु छ अर्ब बढीको बजेट सार्वजनिक गरेका छन् । हालै सम्पन्न नगर तथा गाउँसभामार्फत पालिकाले रु छ अर्ब ४५ करोड १३ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामध्ये आगामी आर्थिक वर्ष २०७९-०८० का लागि सबैभन्दा धेरै तानसेन नगरपालिकाले रु एक अर्ब ३९ करोड १८ लाख ९३ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । तानसेन नगरले चालु खर्चतर्फ रु ७५ करोड ९३ लाख ७५ हजार ९४२ र पुँजीगततर्फ रु ६३ करोड २५ लाख १७ हजार ११२ विनियोजन गरेको छ ।

रामपुर नगरपालिकाले रु ७२ करोड ४७ लाख ९५ हजार रकम विनियोजन गरेको छ । बजेटमा वडागत बजेट रु पाँच करोड २० लाख, सशर्त कार्यक्रम रु ३५ करोड ४४ लाख, क्षेत्रगत कार्यक्रममा रु ३१ करोड ८३ लाख ९५ हजार विनियोजन गरिएको छ । गाउँपालिकातर्फ बगनासकालीले रु ५० करोड १८ लाख २३ हजार, माथागढीले रु ५७ करोड ७४ लाख ९४ हजार, निस्दीले रु ६४ करोड ९८ लाख २५ हजारको बजेट ल्याएको छ ।

पूर्वखोलाले रु ४८ करोड १७ लाख ७४ हजार, रम्भा गाउँपालिकाले रु ५० करोड २९ लाख ८३ हजार, तिनाउले रु ४८ करोड २० लाख ९१ हजार रैनादेवीछहराले रु ६३ करोड ६९ लाख २५ हजार, रिब्दीकोटले रु ५१ करोड २४ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ।

नीति तथा कार्यक्रममा आगामी वर्षका लागि कृषि, पशुपालन, सडक स्तरोन्नति, शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार निर्माण, महिला सशक्तीकरणलगायतका विषयलाई पालिकाले प्राथमिकतामा राखेका छन् । सामाजिक सुरक्षा भत्ता, महिला, दलित र विपन्न वर्गका लागि विशेष जोड दिएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम थप भएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ०४ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित