पाँच वर्षभित्र तारकेश्वर चक्रपथ यातायात सहजरुपमा सञ्चालन गरिने « Khabarhub

पाँच वर्षभित्र तारकेश्वर चक्रपथ यातायात सहजरुपमा सञ्चालन गरिने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ । काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् । सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, सङ्गीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ।

स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकताअनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाभित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरबासीको सुरक्षाका लागि चोकचोकमा सिसीक्यामरा जडान गरिने बताइएको छ ।

यसैगरी, कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम सुरु गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सो नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रबिन्दु बनाउने नीति लिएको छ । नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको टोली खटाउने बताइएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्योपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ ।

नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानुन निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ । तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा रु दुई अर्ब छ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ ।

तीमध्ये आन्तरिक स्रोतबाट रु २५ करोड पाँच लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ रु ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट रु ४५ करोड ७४ लाख ७७ हजार उठ्ने प्रक्षेपण गरेको छ । बाह्य स्रोतअन्तर्गत सङ्घीय सरकारबाट रु ५९ करोड छ लाख, प्रदेश सरकारबाट रु नौ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट रु पाँच करोड ५५ लाख अनुमान गरेको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : २१ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना