डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट « Khabarhub

डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन् । सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि डोटी पुगेका  मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताएका हुन् ।

उनले भने, ‘डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो डोटी राम्रो डोटी भन्ने सपना सकार हुँदैछ ।’ अनुगमन तथा निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा भइरहेका सडक कालोपत्रदेखि अन्य विकास निर्माणका काम गुणस्तरयोग्य हुनुपर्ने बताए  । 

तोकिएका समयमा निर्माणकार्य सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउँदै मुख्यमन्त्री भट्टले भने,’आफूले लिएको काम कमसल खालको बनाउने र तोकिएका समयमा सम्पन्न नगर्नेलाई कारवाही गछौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छौँ ।’

 सुदूरपश्चिम प्रदेश सरकारको रु ३८ करोड लागतमा निर्माण भएको १५.६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ ।  यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले यहाँका पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सडक कालोपत्र सम्पन्न भएसँगै यहाँको पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैन र सायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल