डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट « Khabarhub

डोटीमा विकास निर्माणले गति लिँदैछ : मुख्यमन्त्री भट्ट


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन् । सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि डोटी पुगेका  मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताएका हुन् ।

उनले भने, ‘डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो डोटी राम्रो डोटी भन्ने सपना सकार हुँदैछ ।’ अनुगमन तथा निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा भइरहेका सडक कालोपत्रदेखि अन्य विकास निर्माणका काम गुणस्तरयोग्य हुनुपर्ने बताए  । 

तोकिएका समयमा निर्माणकार्य सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउँदै मुख्यमन्त्री भट्टले भने,’आफूले लिएको काम कमसल खालको बनाउने र तोकिएका समयमा सम्पन्न नगर्नेलाई कारवाही गछौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छौँ ।’

 सुदूरपश्चिम प्रदेश सरकारको रु ३८ करोड लागतमा निर्माण भएको १५.६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ ।  यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले यहाँका पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सडक कालोपत्र सम्पन्न भएसँगै यहाँको पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैनसायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताएका छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ०१ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा