नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट « Khabarhub

नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दोहोरो अंकको गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल दघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९२.५० रुपैयाँ पुगेको छ भने न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ र लाइफ इन्स्युरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले बढेर १४१९ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ०४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने