दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन « Khabarhub

दशगजामा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानद्वारा चीनविरुद्ध प्रदर्शन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनले गोरखाको चुमनुब्री गाउँपालिका १ रुइला नाकामा एकतर्फी रुपमा तारबार लगाएको भन्दै राष्ट्रिय एकता अभियानले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । उत्तरी छिमेकी चीनले गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा एकतर्फी तारबार लगाएको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको हो ।

माइतिघरबाट सुरु भएको विरोध र्‍याली चीन विरोधी नारा लगाउँदै नयाँ बानेश्वर पुगेको थियो । विरोध र्‍यालीमा ‘गो ब्याक चाइना’, ‘चिनियाँ विस्तारवाद बन्द गर’, ‘मिचिएको भूमि फिर्ता गर’, ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘अघोषित नकाबन्दी खुल्ला गर’ लगायतका नारा लगाइएको थियो।

बानेश्वरमा आयोजित कोणसभालाई अभियानका राष्ट्रीय अध्यक्ष विनय यादवले सम्बोधन गरे । उनले चीनले दशगजामै तारबार र भौतिक संरचना बनाउँदा समेत नेपाली प्रशासन मुकदर्शक भएर बसेको भन्दै आक्रोश व्यक्त गरे ।

तर, गोरखाका सिडिओ शंकरहरि आचार्यले भने त्यस विषयमा आफुलाई जानकारी नै नभएको बताएका छन् ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार दशगजा क्षेत्रमा कुनै पनि संरचान बनाउन वा तारबार लगाउन पाइदैन । त्यसका लागि दुईपक्षीय सहमति आवश्यक पर्छ। तर, रुईला नाकामा चीनले दशगजा क्षेत्रभित्र तारबार लगाएको स्थानीयको दाबी छ ।

दशगजामा तारबार लगाएपछि नेपाल–चीन आवतजावत बन्द भएको छ । अत्यावश्यक दैनिक उपभोग्य सामग्री ल्याउन पनि समस्या परेको स्थानीयको गुनासो छ। त्यहाँ चीनले सीसी क्यामेरा राखेर निगरानी समेत गर्ने गरेको बताइएको छ ।

यसअघि चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित ङुइला नाकामा पनि चीनले तारबार लगाएको थियो । तर, पछि त्यसलाई हटाइएको जनाइएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क