नेकपा एसतर्फ लक्षित गर्दै भीम रावलले सुनाए राजनीतिमा दासताको परिभाषा « Khabarhub

नेकपा एसतर्फ लक्षित गर्दै भीम रावलले सुनाए राजनीतिमा दासताको परिभाषा


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई लक्षित गरी दासताका परिभाषा सुनाएका छन् ।

यसअघि नेकपा (एकीकृत समाजवादी) भित्र जारी विवादलाई लिएर एमालेका केही नेताहरूले टिप्पणी गरेका थिए । त्यसको जवाफस्वरुप नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेका केही नेताहरू दास भएको बताएका थिए ।

सोही भनाइको जवाफमा नेता रावलले आफू दास नभएको टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै नेता रावलले राजनीतिमा दासताको अर्थ पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्ने रहेको टिप्पणी गरेका हुन् ।

उनले सिद्धान्त, नीति, विधि र राष्ट्रिय हित र स्वाधीनता विपरीत कसैले काम गरे डटेर विरोध नगरी भाग्नेहरू नै राजनीतिमा दास रहेको कटाक्ष गरे ।

उनले ट्विटरमा लेखेका छन्– ‘राजनीतिमा दासताको अर्थ : पद, प्रतिष्ठा, पैसा र पारिवारिक हितको लागि विपरीत सिद्धान्त, नीति र कार्यक्रम भएकासँग अंकमाल एवं वाह्य शक्तिको भक्ति गरी स्वार्थ पूरा गर्ने । सिद्धान्त, नीति, विधि र राष्ट्रिय हित र स्वाधीनता विपरीत कसैले काम गरे डटेर विरोध नगरी भाग्दै कुनै शक्तिको शरणमा जाने ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ३८ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६