सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर « Khabarhub

सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । 

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे  । अछाम चौरपाटी गाउँपालिका–४  (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मिएका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । 

उनी यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील भएका थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत हुन् । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ४९ बजे

निर्वाचन आचारसंहिता आज मध्यरातदेखि लागू हुँदै

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आलोचना भएपछि ओलीले सच्याउन थाले नाम, कञ्चनपुरमा १ मा तारा लामा, बझाङमा ऐन महर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमानीपूर्वक चयन गरिएको

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका

एमालेमा योगेशका ४ बुँदे फरक मत, भने- नेतृत्वको मनोमानीले स्वाभिमानी कार्यकर्तालाई अन्याय भयो

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कमिटी सचिवालय

सञ्चारमन्त्रीले भने- अहिलेसम्म चुनाव लड्ने निर्णय गरेको छैन

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले