सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर « Khabarhub

सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९/८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । 

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे  । अछाम चौरपाटी गाउँपालिका–४  (साविक पायल गाविस–५) मा २०२३ साल भदौ ६ गते जन्मिएका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । 

उनी यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील भएका थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत हुन् । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ५ : ४९ बजे

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन