चलचित्र कलाकार संघले गर्‍यो अन्तरक्रिया  « Khabarhub

चलचित्र कलाकार संघले गर्‍यो अन्तरक्रिया 


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा आइतबार काठमाडौंमा सम्पन्न भएको अन्तरक्रियामा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि प्रयासरत रहेको जनाउदै छिट्टै प्रभावकारी चलचित्र नीति ल्याउने कार्य गरिरहेको बताए । 

संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र सञ्चारकर्मी शान्तिप्रियले तयार गर्नुभएको अवधारणा पत्र मोहन निरौलाले वाचन गरेका थिए । अवधारणा पत्रमा अधिवक्ता कृष्ण ढुंगाना, सञ्चारकर्मी कृष्ण भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ र सञ्चारकर्मी डब्बू क्षेत्रीले टिप्पणी गरेका थिए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैकको अवधारणा कार्यान्वयनमा ल्याएको बताए ।

कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप कुमार उदय लगायतका वक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रर्वद्धनका लागि आबाज उठाउँदै आएको स्मरण गर्दै अविलम्ब चलचित्र नीति निर्माण भएको भएको भए कार्यान्वयनमा ल्याउनु पर्ने नभए निर्माण गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : २१ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस