सरकारले छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने « Khabarhub

सरकारले छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपालमा रहेका र विगतमा बिभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरूलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो जानकारी दिएका हुन् ।  ‘छुटेकाहरूलाई उनीहरूको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइराखेको छ । उनीहरूले पनि नेपालमा सहज जीवन जिउन सक्नुहोस् भन्ने नै हाम्रो सद्भाव रहेको छ’ गृहमन्त्री खाँणले भने । 

तर, कहिलेदेखि परिचयपत्र दिने ? त्यस्ता परिचय पत्र पाउनबाट छुटेका शरणार्थीहरू कति छन ? भन्ने विषयमा गृहमन्त्री खाँणले कुनै जानकारी दिएका छैनन् । नेपालमा रहेका सबैको मानव अधिकारका विषयमा सरकार सजग रहेको उनले बताए । मन्त्री खाँणले यसैमा थपे, ‘मान्छेहरू दुनियाँका जुनसुकै कुनामा जन्मिएको भएपनि उनीहरु मानव हुन्, नागरिकहरू नै हुन् । उनीहरूको पनि मानव अधिकार रहेको छ । नेपालमा पनि बिभिन्न काल खण्डमा बिभिन्न भूभागबाट आएर बसेका शरणार्थीहरू हुनुहुन्छ । ति शरणार्थीहरू पनि मानव नै हुन् । त्यसकारण उनीहरूको जीवन यापन सहज होस्, उनीहरूले मानव अधिकार प्राप्त गरुन् भन्ने नै सरकारको चाहना छ ।’ 

नेपालमा बसोबास गर्दै आएका शरणार्थीहरूका सन्तानहरू नेपालमै जन्मिएका र हुर्किएका उल्लेख गर्दै मन्त्री खाँणले उनीहरूप्रति नेपाल सरकार र नेपाली समाजको दायित्व रहेको बताए । उनी भन्छन्, ‘कतिपय शरणार्थीहरू जसको नेपालमै बालबच्चाहरू जन्मिएका छन्, हुर्कँदै छन् बढ्दै छन् । उनीहरूको पनि दायित्व हाम्रो समाजको  र सरकारको हो ।’ कोरोना भाइरसको महामारीबाट बच्न कोरोना खोप लगाउँदा नेपालमा रहेका सबै मानवले पाउने गरी व्यवस्था मिलाएको उनले स्मरण गरे । 

‘सुरुमा नेपाली नागरिकले मात्रै खोप लगाउन पाउने थियो । त्यसलाई बदलेर नेपालमा बसोबास गरिरहेका सबैलाई खोप दिने व्यवस्था मिलायौं । शरणार्थीहरूलाई पनि पहिचान खुलेका, परिचय पत्र प्राप्त गरेकाहरू सबैलाई खेप दिएका छौं, दिने भनेका छौं’ मन्त्री खाँणले भने ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ६ : ४० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल