तीजमा द्विअर्थी गीत नल्याउन प्रतिष्ठानको अपिल « Khabarhub

तीजमा द्विअर्थी गीत नल्याउन प्रतिष्ठानको अपिल


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सद्भावमा खलल पुर्‍याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । आउँदै गरेको तीजलाई लक्षित गर्दै गीत रेकर्डिङ गर्ने कार्य बढेपछि प्रतिष्ठानले सार्वजनिक सूचना नै निकालेको हो । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन् ।

तीज गीतमा विकृति, विसंगति र अभद्र श्रव्यदृश्य समावेश भएको गुनासो आएकाले त्यसो नगर्न प्रतिष्ठानले आग्रह गरेको हो । ‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सम्पूर्ण स्रष्टा, सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र नियतवश द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौँ ।’

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ११ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९