सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : माधव नेपाल « Khabarhub

सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : माधव नेपाल


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताए छन्।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन्  । उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे । अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरी सबै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए । अबको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने उनको भनाई छ । उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे । 

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल