सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : माधव नेपाल « Khabarhub

सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायो : माधव नेपाल


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताए छन्।

सोमबार काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन्  । उनले केपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृत्ति हावी भएका कारण मुलुक पटक पटक समस्यामा परेको तर्क गरे । अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोसा नगरी सबै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए । अबको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने उनको भनाई छ । उनले छोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन बिस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे । 

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ७ : ५३ बजे

ट्रम्पले भने- इरानमा नयाँ नेतृत्व खोज्ने समय आएको छ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली

सरोज स्मृति कप भलिबलको उपाधि मेलम्चीलाई

चौतारा– प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची

निर्वाचन आयोगलाई अर्थमन्त्रीले भने- कम खर्चमा चुनाव सम्पन्न गराऔँ

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१