जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल « Khabarhub

जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘जबज र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रममा उनले नेपाललाई समृद्ध नेपाल बनाउनका लागि नीतिगत रूपमा समाजवादको आधार तय गर्न सके उक्त सङ्कल्प पूरा हुने बताएका हुन्  ।

‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त अघि बढाउन देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शिता थियो’, उनले भने, ‘जबज कम्युनिष्ट आन्दोलनको मात्र नभएर नेपाली आन्दोलनको लोकतान्त्रिकरण गर्न मुख्य शक्ति हो, यसले एमाले स्थापित गर्न सहयोग गर्‍यो ।’

जबजले कानूनी सर्वोच्चता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धालाई नयाँ उचाइमा पु¥याउने काम गरेको र नेता भण्डारीले जनताको बहुदलीय जनवादलाई श्रमजीवी वर्गलाई मुख्य सिद्धान्तका रूपमा अघि सारी एउटा क्रान्तिकारी कदम चालेको बताए । जबज नेपालको राजनीतिक शिराको रूपमा उदाएको चर्चा गर्दै उनले तत्कालीन समयमा अध्यक्षसहित नयाँ पदाधिकारी चुन्ने व्यवस्था गर्नु निकै महत्वपूर्ण भएको र अहिले सबैले त्यही प्रक्रियामा अघि बढिरहेको स्मरण गराए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ०२ बजे

नेकपा केन्द्रीय सदस्य रायसहितको टोली जसपा नेपालमा प्रवेश

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व श्रममन्त्री रामेश्वर

निर्वाचन तालिका स्थगित गर्नुपर्ने माग लिएर देउवा समूह आयोग पुग्दै

काठमाडौं- नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा समूहले फागुन २१

आनाको फिल्म ‘रमिताको पिरती’मा कुशलको र्‍याप

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’को शीर्ष

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी