जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल « Khabarhub

जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको संकल्प पूरा हुन्छ : महासचिव पोखरेल


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आयोजित ‘जबज र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रममा उनले नेपाललाई समृद्ध नेपाल बनाउनका लागि नीतिगत रूपमा समाजवादको आधार तय गर्न सके उक्त सङ्कल्प पूरा हुने बताएका हुन्  ।

‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्त अघि बढाउन देशको विकासका लागि दीर्घकालीन सोच र दूरदर्शिता थियो’, उनले भने, ‘जबज कम्युनिष्ट आन्दोलनको मात्र नभएर नेपाली आन्दोलनको लोकतान्त्रिकरण गर्न मुख्य शक्ति हो, यसले एमाले स्थापित गर्न सहयोग गर्‍यो ।’

जबजले कानूनी सर्वोच्चता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धालाई नयाँ उचाइमा पु¥याउने काम गरेको र नेता भण्डारीले जनताको बहुदलीय जनवादलाई श्रमजीवी वर्गलाई मुख्य सिद्धान्तका रूपमा अघि सारी एउटा क्रान्तिकारी कदम चालेको बताए । जबज नेपालको राजनीतिक शिराको रूपमा उदाएको चर्चा गर्दै उनले तत्कालीन समयमा अध्यक्षसहित नयाँ पदाधिकारी चुन्ने व्यवस्था गर्नु निकै महत्वपूर्ण भएको र अहिले सबैले त्यही प्रक्रियामा अघि बढिरहेको स्मरण गराए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ०२ बजे

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा