शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड « Khabarhub

शोधनान्तर घाटाका जन्मदाता, प्रणेता केपी ओली र युवराज खतिवडा नै हुन् : प्रचण्ड


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले मुलुकको शोधनान्तर घाटालाई जन्म दिएको आरोप लगाएका छन् ।

आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उनले शोधनान्तर घाटाको जन्मदाता केपी ओली नेतृत्वको सरकार भएको टिप्पणी गरेका हुन् । उनले ओलीकै सरकारले देशलाई आर्थिक संकटतिर धकेलेको आरोप पनि लगाए ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि आफूहरु सरकारमा रहँदासम्म शोधनान्तर स्थिति बचतमा रहेको दाबी गरेका थिए ।

उनले आफ्नो पार्टीको सरकार रहेका बेला बचतमा रहेको शोधनान्तर स्थिती अहिले गठबन्धन सरकार आएपछि ३ खर्ब घाटामा गएको बताएका थिए ।

महासचिज पोखरेलको टिप्पणीको जवाफस्वरुप प्रचण्डले शोधान्तर घाटाको प्रणेता, जन्मदाता केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ३२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क