विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार १३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २७, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

 

भारतमा १७ हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए

 

पछिल्लो २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिदै मुलुकमा थप १७ हजार ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाएको हो ।

हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड चार करोड ३४ लाख ७ हजार ४६ जना पुगेको छ । हाल भारतमा ९४ हजार ४२० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलब २१ प्रतिशत रहेको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

पछिल्लो एक दिनमा पन्ध्र हजार २०८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ८७ हजार ६०६ पुगेको छ । को

रोना भाइरस निको हुनेको दर ९८ दशमलब ६० प्रतिशत रहेको बताइएको छ । गत २४ घण्टासम्म कोरोना सङ्क्रमणमा २१ जनाको मृत्यु भएको थियो ।

कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २० भन्दाबढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८४ लाख डोज भन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ ।

त्यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

 

युक्रेनी क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रुसी रक्षामन्त्रालयको दाबी

 

रूसले युक्रेनको क्षेप्यास्त्र कारखानामा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले दाबी गरेको छ । रुसी रक्षामन्त्रालयको दाबीअनुसार युक्रेनी राजधानी किभस्थित क्षेप्यास्त्र कारखानामा प्रहार गरेको हो ।

रूसी रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘आर्टयोम कारखाना ‘सैन्य आधारभूत संरचनाको लक्ष्य थियो । यद्यपि युक्रेनी वायु रक्षा प्रणालीले आक्रमणको प्रतिरक्षा गर्दा नजिकैको आवासीय भवनमा क्षति पुगेको छ ।”

रूस–युक्रेन युद्ध सुरू भएको करिब पाँच महिना पुग्न लाग्दासम्म पनि दुई देशबीचको युद्ध रोकिने कुने सङ्केत देखिएको छैन । योबीचमा दुबै पक्षका गरी हजारौँ व्यक्तिको मृत्यु भएको अनुमानहरू गरिएको छ । यद्यपि युद्धका कारण क्षतिको वास्तविक लेखाजोखा भने आउन सकेको छैन ।

यसअघि युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई ‘पूर्ण रूपमा कब्जा गरेको’ बताएको थियो । रूसले पूर्वी युक्रेनको उक्त सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो ।

शनिबार साँझको भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका ‘आफ्ना सबै सहरहरू’ फिर्ता लिने दाबी गरेका छन् ।

तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए ।

 

कोलम्बियामा साँढे जुधाउने प्रतियोगितामा छेकबार भत्किँदा ४ जनाको मृत्यु

 

ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा साँढे जुधाउने प्रतियोगिता ‘बुलफाइट’ का क्रममा छेकबार भत्किँदा ४ जनाको मृत्यु भएको छ ।

मध्य कोलम्बियाको टोलिमा रज्यको एल एस्पिनाल सहरमा भएको घटनामा अरु दर्जनौँ घाइते भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएको अधिकारीले जनाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको छेकबार भत्केको देखिन्छ ।

परम्परागत रुपमा ‘कोरलेया’ भनिने यस्ता कार्यक्रममा पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको बताइन्छ । हालै राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह समेत गरेको जनाइएको छ ।

‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने । यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए ।

 

जापानमा गर्मी बढ्न थाल्यो

 

जापानमा गर्मी बढ्न थालेको पाइएको छ । जापानी अधिकारीहरुका अनुसार त्यहाँ प्रत्येक दिनजसो गर्मी बढिरहेको पाइएको हो ।

अधिकारीहरुले त्यहाँको गर्मी इतिहासकै सबैभन्दा धेरै रेकर्ड गरिएको बताएका छन् । उनीहरुका अनुसार तातो हावा र गर्मीका कारण उर्जा आपूर्तिको प्रणालीमा पनि असर गर्न सक्ने देखिएको छ ।

बढी तातोका कारण यस्तो हुन सक्ने भन्दै सर्वसाधारणमा सूचना जारी गरिएको छ । विशेषगरी जापानको राजधानी टोकियोमा पनि गर्मीको असर देखिएको छ ।

त्यहाँको तापक्रम आइतबार ३४ डिग्री सेल्सियसमा रहेको थियो भने आज सोमबार थप एक बढेर ३५ डिग्री सेल्सियस पुगेको बताइएको छ ।

यो तापक्रम आगामी केही दिनसम्म अझै बढ्न सक्ने भन्दै जापानको जापान मेट्रोलोजिकल एजेन्सीले सतर्क रहन र तातो हावा र मौसमबाट बच्न सक्ने उपायहरु अपनाउन सूचना पनि जारी गरेको छ ।

जापानको मन्त्रिपरिषदका प्रवक्ता योसिहिको इसोजाकीले सर्वसाधारणहरुलाई अति आवश्यक बाहेकका काममा बाहिर ननिस्किन, इन्धनको खपत कम गर्न पनि आग्रह गरिएको जानकारी दिएका छन् ।

 

नेपालका लागि पूर्व अमेरिकी राजदूत बेरी नामिबियाका लागि सिफारिस

 

नेपालका लागि अमेरिकी नयाँ राजदूतमा डिन थम्पसन केही सातापछि नेपाल आउँदै छन् । गत चैतमा अमेरिकी राष्ट्रपति जो बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्तिको सिफारिस गरेका थिए ।

अमेरिकी राजदूत बेरीलाई प्रतिस्थापन गर्ने नवनियुक्त अमेरिकी राजदूत थम्पसनसंग अमेरिकी कूटनीति सेवामा २५ वर्षभन्दा लामो अनुभव छ ।

थम्पसनले यसअघि अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारीको अलावा मलेसियाका लागि अमेरिकी दूतावासको उपप्रमुख, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल तथा श्रीलंकास्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुख, रोमानियास्थित अमेरिकी दूतावास लगायतमा काम गरेको अनुभव छ ।

हाल नेपालस्थित अमेरिकी दूतावासका कार्यबाहाक राजदूत रहेका नियोग उपप्रमुख म्यानुअल पी माइकलर पनि अमेरिकी राजदूतमा सिफारिस भएका छन् । उनलाई ताजिकिस्तानको लागि राजदूत सिफारिस गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको वेबसाइटमा उल्लेख गरिएको छ ।

 

फिलिपिन्समा यात्रुवाहक डुंगामा आगलागी

 

मध्य फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको र उद्धारकर्ताहरूले अहिले दुई जना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् । आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।

मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घंटनामा बाँचेकाहरूलाई नदी किनारमा बसेको देखाइएको छ ।

१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन् । क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।

 

केट मिडल्टन सैन्य पोसाकमा

 

बेलायतको सशस्त्र बल दिवसमा बेलायती राजकुमार विलियमकी पत्नी डचेस अफ क्याम्ब्रिज केट मिडलटनले पूर्ण रुपमा सैन्य पोसाक लगाएको फोटो सेयर गरेकी छन् ।

इस्टाग्राममा सेयर गरिएको उक्त तस्बिरमा केट मिडलटन टाउकोदेखि खुट्टासम्म आर्मी गियरमा देखिन्छिन् । एउटा सैन्य उपकरणको निरीक्षण गर्ने क्रममा उनी थोरै झुकेको देखिन्छिन् । त्यसपछि पोस्ट गरिएको अर्को तस्बिरमा उनी ट्यांकमा बसेर हेलमेट लगाएकी देखिन्छिन् । दोस्रो तस्बिरमा उनको घाँटी मात्र देखिन्छ ।

तस्बीरको क्याप्सनमा उनले लेखेकी छन्, ‘आज सशस्त्र सेना दिवसको अवसरमा विगत र वर्तमानमा हाम्रा सबै सशस्त्र सेनामा, समुद्रमा र भूमिमा सेवा गरिरहेका बहादुर पुरुष र महिलाहरूलाई राजकुमार विलियम र म श्रद्धान्जलि दिन चाहन्छौं । हामीलाई सुरक्षित राख्नको लागि तपाईँ र तपाईँका परिवारहरूले बलिदान गर्नुभएकोमा धन्यवाद ।’

उनले ब्रिटिस एकेडेमीमा सेवा गर्ने कर्मचारी र नयाँ भर्तीहरूलाई कसरी तालिम दिन्छन् भनेर हेर्नको लागि समय बिताउन पाउँदा आफूलाई गर्व लागेको बताइन् ।

‘हामी सबैको सुरक्षाको लागि सेनाले खेलेको धेरै महत्त्वपूर्ण र विविध भूमिकाहरू फस्ट हेन्ड देख्न पाउँदा अद्भुत थियो ’,उनले लेखेकी छन् । केट मिडलटनका श्रीमान राजकुमार विलियम बेलायतको राजगद्दीको उत्तराधिकारीमा दोस्रो वरियता क्रममा छन् ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ५४ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल