मोबाइल चार्ज गर्दा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

मोबाइल चार्ज गर्दा करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ- मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापा रहेकी छन् ।

मोबाइल चार्ज गर्ने क्रममा प्लक (टुपिन) बाट करेन्ट लाग्दा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर सख्त घाइते भएकी महिलाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । मृतक महिलाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : १० बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल