हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन « Khabarhub

हेटौंडामा सुरु भयो महिला उद्यमी सम्मेलन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने प्रदेश स्तरीय महिला उद्यमी सम्मेलन तथा उपज प्रदर्शनी सुरु भएको छ । सोमबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गरेका हुन् ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको सहकार्यमा दुई दिने सम्मेलन तथा प्रदर्शनी सुरु भएको हो । बागमती प्रदेशका महिलाहरुले सञ्चालन गरेको घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धनको लागि सम्मेलनको आयोजना गरिएको मुख्यमन्त्री पाण्डेले बताए ।

उत्पादन, सेवा विस्तार, गुणस्तर सुधार र नयाँ वस्तुको बजारीकरणमा थप योगदान पुग्ने हेतुले सम्मेलनको आयोजना गरिएको बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले उद्यमीलाई थप तालिम तथा सीप विकासका लागि १५ करोड रकम बजेटमा राखिएको बताए ।

‘मिहिनेत श्रृजना उत्पादन र वस्तु मेरै नेपालको । नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने मुल नाराका साथ प्रदर्शनी सुरु गरिएको हो । मंगलबार सम्म सञ्चालन हुने सम्मेलनमा ५० वटा स्टल राखिएको छ । उक्त उपज प्रदर्शनीमा हस्तकला, कपडा, बुटिक, डल कुसन, खाद्य पदार्थ, पोतेमाला लगायतका वस्तुहरु प्रदर्शनीमा राखिएको छ । प्रदेशका १३ वटै जिल्लाबाट सम्मेलनमा महिला उद्यमी सहभागिता जनाएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको सभाध्यक्षमा भएको सम्मेलनमा राज्यमन्त्री रजनी अमात्य जोन्छे, घरेलु तथा साना व्यवसायी महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष सुवास प्रसाद गिरी, महासंघको महिला उद्यमीको केन्द्रीय अध्यक्ष रोशनी उपाध्याय, महासंघको बागमती प्रदेशका कार्यबाहक अध्यक्ष तानानाथ चौलागाई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ९ : ४४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क