मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन | Khabarhub Khabarhub

मन्त्री बडूद्वारा चोभार सुक्खा बन्दरगाह र आविष्कार केन्द्रको अवलोकन


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुक्खा बन्दरगाहको आज अवलोकन भ्रमण गरेका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा मन्त्री बडूलाई जानकारी गराएका हुन् ।

मन्त्री बडूले काठमाडौँ केन्द्रित व्यवसायीका लागि सुक्खा बन्दरगाहमार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्थालगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुक्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिए ।

उनले गत चैत २२ गतेदेखि सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यकालगायत जिल्लाहरुमा आउने सम्पूर्ण ट्रक एवं कन्टेनरहरु नाकामा नै ‘डिजिटल लक’ भई सोझै आउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राख्दै यस सन्दर्भमा अध्ययन, छलफल र सम्बद्ध पक्षहरुसँग समन्वय गरी सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेतर्फ क्रियाशील हुनसमेत निर्देशन दिए ।

उनले २२० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुवै पक्षले लाभ लिनसक्ने भएकाले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा राखे ।

आविष्कार केन्द्रमा पहिलो पटक बहालवाला मन्त्री

आजै मन्त्री बडूले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको समेत अवलोकन गरे ।

त्यस अवसरमा मन्त्री बडूले पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको आवश्यकतानुरूप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना महामारीको समयमा पिपिई, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास मन्त्री बडूले व्यक्त गरे ।

उनले आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको जानकारी दिए । उनले पुनसहित त्यहाँ आविष्काररत उद्यमीहरुसँग अन्तरक्रियासमेत गरे ।

आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पहिलो पटक बहालवाला मन्त्री आफैँ आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकामा धन्यवाद दिँदै सरकारले विकास बजेटको कूल अंशमध्ये एक प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीज्यूलाई आग्रह गरे ।

अवलोकन भ्रमणमा मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : ५१ बजे

पेरिस ओलम्पिकमा कस्तो होला अमेरिकी प्रदर्शन ?

अबको तीन सातापछि फ्रान्सको पेरिस ओलम्पिक हुँदैछ। ओलम्पिकमा सहभागी हुने

छोरा कुट्ने ‘सेल्फ डिफेन्स’

केही दिन अगाडि कार्यालय आउँदा सार्वजनिक बसमा विद्यालयको युनिफर्ममा रहेकी

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना

देशभर मनसुनी वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर : बेलायती पाउण्डले १७१ नाघ्यो

काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार सन्