कैलालीमा कर्मचारी कुटपिट र कार लुट प्रकरण, कारमा चढेपछि बनेको थियो लुट्ने योजना « Khabarhub

कैलालीमा कर्मचारी कुटपिट र कार लुट प्रकरण, कारमा चढेपछि बनेको थियो लुट्ने योजना


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए ।

बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे । कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएका थिए । कम्प्युटर अपरेटर भण्डारी पनि तेल भरिदिने आश्वासनले लोभिए र भारतीय नागरिकलाई लिफ्ट दिए ।

बाटोमा चारै जनाले रमाइलो पनि गरे । चारै जनाले गोदावरी नदीमा नुहाएपछि पहाड चढे । तेल भरिदिने आश्वासन दिएका भारतीय नागरिकले उल्टै भण्डारीको कार लगेर फरार भए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार तीन जना भारतीय नागरिकले बाटोमै कारसहित भण्डारीको पैसा लुट्ने योजना बनाएका हुन् ।

‘लुटपाट गर्ने पूर्ववर्ती योजना त्यस्तो केही थिएन,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘तर बाटोमा उनीहरूले लुटपाट गर्ने योजना बनाएको देखियो, जसका कारण बुढीतोलामा सरकारी कर्मचारीसमेत रहेका भण्डारीलाई कुटपिट गरेर उनीसँग भएको पैसासहित कार लगेर फरार भए ।’ कुटपिटमा संलग्न भारतीय नागरिकसँग पैसा नभएको र उनीहरूले खर्च निकाल्ने योजना सहित बाटोमै लुटपाटको योजना बनाएको उनले बताए ।

लुटपाट गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । तीनै जना सोमबार दिउँसो गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।

उनहरूले लुटेको ५ हजार मध्ये ४ हजार ८ सय नगदसमेत बरामद गरिएको प्रवक्ता जोशीले बताए । साथै लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक बेवारिसे अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार कारको डिजिटल डिस्प्ले फुटाइएको छ ।

उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले बताए ।

‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घरटाको विस्तृत कारण भने अझै खुलेको छैन, तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’

सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जानेभन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए ।

पीडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए । तर, कैलालीको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ११ : ४५ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९