विश्व इतिहासमा आज : हवाई प्रदर्शनमा दुर्घटनादेखि युगान्डामा सैन्य कुसम्म « Khabarhub

विश्व इतिहासमा आज : हवाई प्रदर्शनमा दुर्घटनादेखि युगान्डामा सैन्य कुसम्म


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल साउन ११ गते बुधबार । सन् २०२२ को जुलाई २७ तारिख । यस्ता छन् आजको दिन इतिहासमा भएका महत्त्वपूर्ण घटनाक्रम :

सन् २०१२ जुलाई २७ मा लन्डनमा आयोजना भएको २०१२ ग्रीष्मकालीन ओलम्पिक रानी एलिजाबेथ द्धितीयले औपचारिक उद्घाटन गरिन् । यो लन्डनमा आयोजना भएको तेस्रो ओलम्पिक थियो । ६४ वर्षको अन्तरालपछि बेलायतले ३०औँ ओलम्पिकको आयोजना गर्ने अवसर प्राप्त गरेको थियो ।

सन् २००२ जुलाई २७ मा युक्रेनमा आयोजित हवाई प्रदर्शनमा दुर्घटना भएको थियो । युक्रेनको लभिभमा अवस्थित स्किनियालाइभ एयरफिल्डमा भएको सो प्रदर्शनमा सुखोइ सु–२७ फाईटर विमान दुर्घटना हुँदा ८५ जनाको मृत्यु हुनुको साथै १०० जनाभन्दा बढी घाइते भएका थिए ।

सन् १९८५ जुलाई २७ मा अफ्रिकी मुलुक युगान्डामा सैन्य कुद्वारा राष्ट्रपति मिल्टन ओबोटे सत्ताच्युत भएका थिए ।

सन् १९८० जुलाई २७ मा इजिप्टको कायरोस्थित इरानका अन्तिम शाह मोहम्मद रेजा शाह पहलावीको मृत्यु भएको थियो।

सन् १९७४ जुलाई २७ मा न्यायिक समितिले अमेरिकाको ३७औँ राष्ट्रपति रिचर्ड एम. निक्सनलाई महाभियोग लगाउन र पदबाट हटाउन सिफारिस गरेको थियो । महाभियोग प्रक्रिया निक्सन प्रशासनमा सामूहिक रुपमा भएको वाटरगेट घोटालाहरुमा संलग्न भएका कारण सिफारिस भएको थियो ।

सन् १९४० जुलाई २७ मा बग्स् बनी नामक कार्टुन् पात्रको औपचारिक डेब्यू भएको थियो । अ वाइल्ड हेर नामक कार्टुन फिल्ममार्फत बनीको डेब्यु भएको थियो । बग्स बनी वार्नर्स् ब्रदर्सको सबैभन्दा प्रसिद्ध पात्र मध्ये एकमा पर्दछ ।

सन् १९२१ जुलाई २७ मा क्यानडाका चिकित्सक फ्रेडरिक ब्यान्टिङ र चिकित्सा शास्त्रका विद्यार्थी चार्लस बेस्टले इन्सुलिन हर्मोनलाई पहिलो पटक आइसोलेट गर्न सफल भए । मधुमेह रोगको उपचारको इतिहासमा यो महत्त्वपूर्ण योगदान थियो ।

सन् १९०५ जुलाई २७ मा सिकागोमा इन्टरनेशनल वर्कर्स अफ द वल्र्ड नामक एक मजदुर संस्था स्थापना भएको थियो ।

सन् १८९० जुलाई २७ मा प्रसिद्ध पेन्टर भिन्सेन्ट भान गोगले आफैले आफ्नो छातीमा गोली प्रहार गरेर आत्महत्या गरेका थिए । सोहि गोली प्रहारको घाउका कारण भिन्सेन्टको दुई दिनपश्चात् मृत्यु भएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ०५ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो