समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने « Khabarhub

सीसीटीभी प्रकरण :

समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आजदेखि प्रतिवेदन लेखन सुरु गर्ने भएको छ ।

बिहान साढे ११ बजे सिंहदरबारमा सुरु हुने बैठकमा प्रतिवेदन लेख्नका लागि छलफल सुरु हुने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।

समितिका एमालेतर्फका सदस्यले सत्तापक्षले प्रमाण लुकाएको आरोप लगाएका छन्। यद्यपि मंगलबार बसेको दोस्रो बैठकमा प्रतिवेदन सकेसम्म सबै सदस्यको सहमतिका आधारमा लेख्ने समझदारी बनेको उनले बताए।

चालु आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए। त्यसबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई १० दिनको म्याद दिए पनि ७ दिन थपिएको थियो।

अब भोलि अन्तिम दिन प्रतिवेदन बुझाउने समितिको तयारी छ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : २८ बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै