एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा प्रस्थान « Khabarhub

एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा प्रस्थान


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिनका लागि आज गृह जिल्ला झापा प्रस्थान गरेका छन् । अध्यक्ष ओली आज बिहान १० बजे काठमाडौँ विमानस्थलबाट भद्रपुरका लागि उडेका हुन् ।

दुई दिनसम्म झापा बस्ने अध्यक्ष ओलीले संघीय निर्वाचनको तयारीलगायतका विषयमा स्थानीय कार्यकर्तासँग छलफल र राय लिने कार्यक्रम तय भएको छ ।

सो क्रममा आज बिर्तामोडमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीले त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग-अलग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

१२ गते दमकमा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई भेटघाट गरिसके पछि काठमाडौँ फर्कने कार्यक्रम तय गरिएको ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १० : ४३ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको