जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने « Khabarhub

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।

जनकपुर चुरोट कारखाना निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडुले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगमनपछि निर्णय गर्ने जानकारी दिए ।

मन्त्री बडुले देशको व्यापार घाटा कम गर्न निजी क्षेत्रको सहयोगमा आयात प्रतिस्थापन गरी उत्पादन वृद्धि गर्नाका साथै रोजगारी सिर्जना गर्ने बताए । मन्त्री बडुले निजी क्षेत्रका उद्योग पूर्ण क्षमतामा सञ्चालनका लागि उद्यमीहरूलाई के कस्तो सुविधा उपलब्ध गराउनुपर्छ भन्ने विषयमा पनि आवश्यक छलफल गरी अघि बढ्ने बताए । 

उद्योग मन्त्री बडुले देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसञ्चालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्यअनुरूप जचुकालीलाई समेत सञ्चालनमा ल्याउने तयारी सरकारको रहेको उनले बताए । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनको भनाइ थियो । मन्त्री बडुले भने, ‘जचुकालीका कति मेसिनहरूको उपयोग गर्न सकिन्छ, नेपाल सरकारले आफैँ चलाउने कि निजी क्षेत्रसँग मिलेर सरकारले चलाउने लगायतका विषयमा छलफल गरेर यस विषयमा ठोस निर्णय गर्नेछौँ ।’ 

जचुकालीलाई पुनः सञ्चालनमा ल्याउनका लागि यहाँको प्रदेश सरकारका साथै उद्योगी व्यवसायीहरूसँग समेत छलफल गर्ने उनले जानकारी दिए ।  मधेश सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडुले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरू खुल्ला रहेको बताए ।  

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : १३ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै