गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामबाट चार्टर्ड फ्लाइट आएको छ । भियतनामबाट प्राइभेट विमान काठमाडौँ हुँदै दिउँसो सवा १ बजे भैरहवा आएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठाउँ नभएकाले पार्किङका लागि विमान भैरहवा आएको हो । व्यापारिक प्रयोजनका लागि व्यापारीलाई लिएर आएको विमानले यात्रुहरूलाई काठमाडौंमै अवतरण गराई पाँच दिनका लागि भैरहवा आएको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए । 

एचएआई ४९९ कलसाइनको यो विमान १ अगस्टमा भैरहवाबाट काठमाडौं जाने छ । काठमाडौँ हुँदै पुनः भियतनाम फर्कने विमानको उडान तालिका छ । विमानमा दुई सेट प्राविधिक छन् । हो । यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडानमात्रै हुँदै आएका थिए ।

२८ वैशाखमा भारतीय सेनाको जहाज सुरक्षाकर्मी (स्पेसल प्रोटेक्सन गार्ड) लिएर भैरहवा आएको थियो । २ जेठदेखि व्यावसायिक सञ्चालनमा आएको विमानस्थलमा जजिरा एयरवेजले साताको तीन उडान गर्दै आए पनि अन्य उडान भने हुन सकेको छैन । अन्य एयर कम्पनीहरूले चासो देखाए पनि उडान भने सुरु गर्न सकेका छैनन् । 

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  २ : ३६ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज