राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला « Khabarhub

राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वर्गीय राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

बुधबार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले राजाहरूले प्रयोग गरेका पुराना गाडीहरू सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले उक्त गाडी अवलोकनका लागि उद्घाटन गरे । सङ्ग्रहालयमा स्वर्गीय राजा त्रिभुवनले प्रयोग गरेको फोर्ड कम्पनी क्यानडाद्वारा निर्मित काठको क्यारियर भएको पिक अफ ट्रक राखिएको छ, उक्त ट्रक सिकारमा पनि प्रयोग हुने गरेको जानकारहरूले बताएका छन् ।

त्यस्तै स्वर्गीय राजा त्रिभुवनले नै प्रयोग गरेको फोर्ड कम्पनीद्वारा निर्मित फ्यामिली कार (बा.अ. २ ) पनि प्रदर्शनीमा राखिएको छ भने स्वर्गीय राजा महेन्द्रले प्रयोग गरेको १९६३ मोडलको कार पनि प्रदर्शनीमा राखिएको छ, उक्त मोडलको कार बेलायती राजप्रासादमा पनि रहेको जानकारहरूले बताएको सङ्ग्रहालयमा सूचना अधिकृत बुद्धि गुरुङले जानकारी दिए।

तीन वटै गाडीहरूका भौतिक तथा यान्त्रिक अवस्था जीर्ण रहेकोमा भौतिक मर्मत तथा रंगरोगन गरी प्रदर्शनमा राखिएको सङ्ग्रहालयले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : २५ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी