सवारी कारबाहीबाट ५६ लाख राजश्व संकलन « Khabarhub

 सवारी कारबाहीबाट ५६ लाख राजश्व संकलन


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङमा आर्थिक वर्ष ०७८/७९ मा सवारी कारबाहीबाट ५६ लाख  १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत चलेका सवारीसाधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार एक वर्षको अवधिमा आठ हजार ७५० सवारीसाधन कारबाहीमा परेका छन् । जिल्लामा ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा ट्राफिक नियम उल्लघंन गरी कारबाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै चार हजार १६४ मोटरसाइकल रहेका छन् । जसबाट २७ लाख ५१ हजार राजश्व संकलन भएको छ ।

सोबाहेक गत आर्थिक वर्षमा दुई हजार १२७  कार जिप  कारबाहीमा परेका छन् ।  कारबाहीमा परेका कार जिपबाट १३ लाख ९ हजार राजश्व संकलन भएको छ ।

यसैगरी ट्राफिक प्रहरीका अनुसार गत वर्ष जिल्लामा एक हजार १४३ ट्रक टिपर, ७०१ ट्याक्टर,  ४९८ बस र ११७ अन्य सवारीसाधान कारबाहीमा परेका छन् । कारबाहीमा परेका ट्रकर टिपरबाट सात लाख २५ हजार ५०० , ट्याक्टरबाट चार लाख ४७ हजार, बसबाट तीन लाख दुई हजार र अन्यबाट ८१ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा लमजुङमा पाँच हजार ४७६ सवारी कारबाहीबाट ३४ लाख ५५ हजार राजश्व संकलन भएको थियो । जिल्लामा ट्राफिक सचेतना तथा सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि ट्राफिक प्रहरीले विविध कार्यक्रम सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक विष्णुबहादुर नेपालीले बताए ।  

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ३ : ३३ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी