‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला « Khabarhub

‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको दोस्रो ब्याचका लागि आवेदन खुल्ला


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको  पहिलो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले दोस्रो ब्याचका लागि आवेदन खुल्ला गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्य र स्कुल अफ सोसल इन्टरप्रेनरशीप इण्डियाको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।

कृषि, पर्यटन, उर्जा, वातावरण संरक्षण, सूचना प्रविधि लगायतका क्षेत्रमा नवीनतम सोच भएका १८ देखि ५० वर्ष पुगेका नेपाली नागरिकहरूले आवेदन दिन सक्ने छन् । सामाजिक उद्यमशीलतालाई प्रबर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्ने जनाइएको छ । साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार पारिएको छ ।

तालिम अवधि भर तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीहरूलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गर्ने  नबिलले जनाएको छ । 

आर्थिक सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि शुरु गरिएको उक्त फेलोसिप कार्यक्रमको पहिलो ब्याचमा २० जनालाई छनौट गरिएको थियो । विभिन्न पृष्ठभूमिबाट आएका सहभागीहरूले सामाजिक उद्यम सञ्चालनका निम्ति आवश्यक कानूनी तथा कर सम्बन्धका ज्ञान, व्यवसायको ब्रान्डिङ, बजारिकरण आदि जस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए ।

विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रक्रियाद्वारा सहभागीहरूलाई प्राविधिक तथा व्यवहारिक ज्ञान उपलब्ध गराइएको थियो । आवेदनको अन्तिम दिन भदौ २० लाई तोकिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ४ : ४६ बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको