‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’ « Khabarhub

‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए। मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए।

सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने र नवीनतम ज्ञान प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यमा पनि केन्द्रित हुनुपर्ने बताए ।

उनले संरचना परिवर्तन नगरी मुलुक नबन्ने भन्दै परिषद्को पनि संरचना परिवर्तन गर्नुपर्ने भनाइ राखे। परिषद् अध्यक्ष प्रा डा गेहनाथ बरालले परिषद्का नीतिगत र प्रक्रियागत कामलाई पूरा गर्नुपर्ने बताए। कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले परिषद्ले अहिलेसम्म गरेका कामको बारेमा मन्त्रीद्वयलाई जानकारी गराए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ६ : २९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत