आँखा पाक्ने रोगका बिरामी बढे, सावधानी अपनाउन सुझाव « Khabarhub

आँखा पाक्ने रोगका बिरामी बढे, सावधानी अपनाउन सुझाव


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साँझ पूर्ण स्वस्थ्य रहेर सुतेका मध्यपुरथिमि नगरपालिका–९ राधेराधेका सुवास कार्कीको आँखा बिहान उठ्दा पुरै रातो भयो । दुई वटै आँखा निकै दुखिरहेको थियो भने आँखा सुन्निएको थियो । विस्तारै आँखा चिलाउने र पानी बग्ने पनि हुन थाल्यो । दुवै आँखा रातो भए पछि घरबाट बाहिर निस्कन समस्या प¥यो ।

अचेल सुवासको मात्रै होइन, धेरैमा यो समस्या देखिएको छ । मध्यपुरथिमि नगरपालिका–१ स्थित विपी नेत्र प्रतिष्ठानमा आँखा पाक्ने रोगको समस्या लिएर दैनिक सयभन्दा बढी बिरामी आउने गरेको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका आँखा रोग विशेषत्र डा अर्जुन श्रेष्ठले केहीदिन यता आँखा पाक्ने रोग निकै बढेको बताए।

उनले भने, ‘आँखा पाक्ने रोगको प्रकोप बढेको छ, दैनिक सयभन्दा बढी बिरामी त यही रोग लिएर आउँछन्, फेरि यो सरुवा रोग हो, यसबाट सचेत हुनै पर्छ ।’

प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ । अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि आँखा अस्पताल तिलगङ्गादेखि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा बिरामीको चाप बढेको छ ।

भक्तपुरमा आँखा क्लिनिक सञ्चालन गर्दै आउनु भएका ओम श्रेष्ठले एक साता यता आँखा पाक्ने रोगको बिरामी बढेको बताउँछन् । दैनिक ४० जनाभन्दा बढी यो रोग लिएर उपचारका लागि आउने गरेको बताउँदै उनले अस्पतालमा यसको चाप बढेको बताए ।

नेत्र रोग विशेषज्ञ डा अमृतमान पौडेलले अहिले कुनै लक्षणनै नदेखाइ एक्कासी आँखा पाक्ने रोग लाग्ने गरेको बताए । आज सुत्ने बेलासम्म ठिक भए पनि भोलि पल्ट बिहान उठ्दा आँखा पाकिरहेको, सुन्निरहेको हुने भएकाले परिवारमा पनि छिट्टै सर्न सक्ने उनले बताए ।

यसबाट बच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा श्रेष्ठले सुझाव दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : १६ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी