बाढीले कर्णाली नदीको बेताल रुप « Khabarhub

बाढीले कर्णाली नदीको बेताल रुप


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालको सबैभन्दा लामो नदी हो, कर्णाली नदी । कर्णालीको शिरानबाट बग्ने कर्णाली नदी सुदूरपश्चिमका तराईका जिल्ला हुँदै भारत पुग्ने गर्छ ।

हुम्ला र मुगुबाट बग्न सुरु हुने कर्णाली नदी कर्णाली र सुदूरपश्चिम प्रदेश छुट्याउने प्राकृतिक सिमाना पनि हो । हिउँदमा निलो पानी लिएर बग्ने कर्णाली नदी वर्षामा भने बेताल हुने गरेको छ । हुम्लादेखि कैलालीको कर्णाली चिसापानीसम्म कर्णाली नदी एउटै रुपमा बग्ने गर्छ ।

तर कर्णाली चिसापानी पुलदेखि तलतिर भने कर्णाली नदी बर्दिया र कैलाली भएर बाडिन्छ । वर्षाको बेला नदी बढेपछि कर्णाली चिसापानीभन्दा तल यो नदी कम, ताल जस्तो बढी देखिन्छ ।

यसरी नदी ताल जस्तै हुने कर्णाली भने वर्षामा बाढीका कारण वितण्डा मच्चाउने गरेको छ । लगातारको बाढीले बढेर बेताल रुप लिएको कर्णाली नदीको तस्बिर कैलालीका पत्रकार रमेश बज्गाईले राजकाँडाबाट खिचेका हुन् ।

यसरी समतल जंगलको बीचबाट विभाजन भएर बगिरहेको कर्णाली नदी कैलाली चिसापानीबाट बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  ८ : ४५ बजे

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा बढी

पार्टी भित्रको मतभेद अन्त्य गर्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको