लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु « Khabarhub

लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनले भने, ‘डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह थालिए पनि आगामी केही साताभित्र  दैनिक ८-१० जनासम्मलाई सेवा दिइनेछ।’

जिल्ला अस्पताल लमजुङ अहिले ६० बेड क्षमतामा सञ्चालित छ । अस्पतालका बिरामी डायलाइसिस गर्न बाहिर जानु परे बढी खर्चिलो हुने र विभिन्न समस्या भोग्नुपरेका कारण लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् ।

जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको छ। यो सेवाले पहिलेदेखि डायलाइसिस गराइरहेका बिरामी लाभान्वित हुनेछन् ।

हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृर्गौला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मिर्गौलामा असर पर्‍यो भने डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मिर्गौलामा समस्या देखिएका बिरामीलाई डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाई छ । अब लमजुङ र मनाङका मिर्गौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको छ ।अब डायलाइसिस गराउनकै लागि काठमाडौँलगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता हटेको छ ।  लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : २५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा