लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु « Khabarhub

लमजुङ जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ गरिएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनले भने, ‘डायलाइसिस सेवालाई प्रभावकारी बनाउन अहिले दैनिक १ जनाबाट सेवा प्रवाह थालिए पनि आगामी केही साताभित्र  दैनिक ८-१० जनासम्मलाई सेवा दिइनेछ।’

जिल्ला अस्पताल लमजुङ अहिले ६० बेड क्षमतामा सञ्चालित छ । अस्पतालका बिरामी डायलाइसिस गर्न बाहिर जानु परे बढी खर्चिलो हुने र विभिन्न समस्या भोग्नुपरेका कारण लमजुङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी बताइन् ।

जिल्ला अस्पतालबाट ६ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको छ। यो सेवाले पहिलेदेखि डायलाइसिस गराइरहेका बिरामी लाभान्वित हुनेछन् ।

हेमोडायलाइसिस र पेरिटोनल डायलाइसिस गरी मृर्गौला रोगीलाई दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ । जिल्ला अस्पताल लमजुङमा थालिएको हेमोडायलाइसिस हो । कुनै पनि रोगका कारण मिर्गौलामा असर पर्‍यो भने डायलाइसिस गर्न सकिने जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मिर्गौलामा समस्या देखिएका बिरामीलाई डायलाइसिस सेवा दिन सकिने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठको भनाई छ । अब लमजुङ र मनाङका मिर्गौलापिडितलाई डायलाइसिस सेवा लिनका लागी बाहिर जिल्ला जानुपर्ने बाध्यता हटेको छ ।अब डायलाइसिस गराउनकै लागि काठमाडौँलगायत अन्य ठूला सहर धाउनु पर्ने बाध्यता हटेको छ ।  लमजुङमा डायलाइसिस आवश्यक पर्ने ६४ जना बिरामी छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ७ : २५ बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा