नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट | Khabarhub Khabarhub

नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलमा सहभागी हुनका लागि प्रदेश १ को उदयपुर जिल्लामा खेलाडी छनौट गरिएको छ । 

गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको हो । राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट हुनका लागि छनौट चरणका खेलहरू भदौ दोस्रो साताबाट सुरु गरिएको प्रदेश १ रग्बी खेलकुदका अध्यक्ष बिनोद कटुवालले जानकारी दिए ।

 जिल्लास्तरीय छनौट चरणको खेलहरू भदौ ५ देखि १० गतेसम्म भएको उनले बाए । जिल्लाबाट छनौट भएका खेलाडीहरू प्रदेशमा जाने र ’प्रदेशबाट छनौट भएका खेलाडी राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।

 प्रदेशस्तरमा भाग लिन उदयपुर बाट १० खेलाडी छनौट भएका छन । प्रदेशस्तरमा खेलाडी छनौट भदौ १६ देखि १० गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा  प्रदेश १ बाट ३६ वटा विभिन्न खेलकुद विधामा खेलाडीहरूले भाग लिनेछन् । 

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ५१ बजे

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा

अदालतबाट सफाइ पाएपछि सन्दीप, हेर्नुस् नौ तस्बिर

काठमाडौं- बलात्कार मुद्दामा सफाइ पाइसकेपछि क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत

हृदयघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु

काठमाडौँ– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु

नहरको इन्टेकमा बालक मृत फेला

धनगढी– कैलालीमा एक बालक नहरको इन्टेकमा मृत अवस्थामा फेला परेका

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको