‘सरकार कर्मचारीको पक्षमा छ’  « Khabarhub

‘सरकार कर्मचारीको पक्षमा छ’ 


११ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छिन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन्।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेकी मन्त्री भुसालले भनिन्, ‘सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पुर्‍याएको असर र रुस–युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।’ उनले कर्मचारीमैत्री संघीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । कोभिड–१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भने, ‘यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्नमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परवर्तनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीले आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन् । उनले संघीयताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन आग्रहसमेत गरिन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठनबीच गत वैशाखमा एकीकरण भएको हो । सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र संघीय निजामती ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : २५ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित