मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि « Khabarhub

मंगलबार गणेश भगवानको बार, यस्तो छ पूजा विधि


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमा समेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।

मंगलग्रहको खराब प्रभावलाई हटाउन मंगलबारको दिन भगवान् गणेशको पूजा गर्ने गरिएको हो। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान् गणेशको पूजा गर्ने चलन रहेको छ।

यसरी खुसी बनाउन सकिन्छ गणेशलाई !

बिहान सबेरै उठेर स्नान गरेर चोखो कपडा लगाउने। त्यसपछि घरमा सम्भव भए घरमै पूजा गर्ने यदि छैन भने नजिकै रहेको गणेश मन्दिरमा गएर पूजा गर्ने।

गणेश भगवानको पूजा गर्दा घ्यू अर्पण गर्नु अत्यन्तै आवश्यक रहेको हुन्छ। यदि धनको लागि भगवान् गणेशको व्रत बसेको हो भने गणेशलाई घ्यू अर्पण गर्दा छिट्टै प्रसन्न हुने विश्वास रहेको छ।

गुलियो खाने कुराहरूबाट प्रसन्न हुने भएकाले गणेश भगवानलाई सख्खरबाट बनेका गुलिया चिजहरू चढाउनुपर्छ।

त्यति मात्रै हैन गणेशलाई खुसी बनाउने पूजा गर्दा वस्त्र पनि चढाउनुपर्छ। यसरी विधिपूर्वक तरिकाले भगवान् गणेशको पूजा गरे जीवनमा ठूलो सफलता हात पर्ने मान्यता रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३३ बजे

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका