भगवान् गणेशका ११ स्वरुप, कसको पूजा गर्नाले के फल मिल्छ ? | Khabarhub Khabarhub

भगवान् गणेशका ११ स्वरुप, कसको पूजा गर्नाले के फल मिल्छ ?


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिन्दू धर्म अनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । सबै किसिमको दुःख निवारणका लागि भगवान् श्रीगणेशको पूजा गरिन्छ ।

कुनै पनि शुभ कार्य गर्दा सबैभन्दा पहिलो गणेशको नै पूजा गर्ने गरिन्छ । मंगलाचरणको शुरुमै ॐ श्री गणेशाय नमः मन्त्रोच्चारणबाट नै कामको थालनी गरिएको हुन्छ ।

श्रीगणेशको नाम मात्र लिनाले पनि मानिसहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ । ११ प्रकारका गणेश भगवानका स्वरूपमध्ये कुनै एकको विधिपूर्वक पूजा गर्नाले घरमा सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रही आएको छ ।

सेतो गणेश: भगवान् गणेशका विभिन्न स्वरूप मध्ये सेतो गणेशको प्रतिमा तपाईंले देख्नु भएको होला । मठ मन्दिरमा समेत गणेश भगवानको सेतो प्रतिमा हुन्छन् । बजारमा पनि सेतो गणेशको मूर्ति किन्न पाइन्छ । यिनलाई ‘श्वेतार्क गणपति’ पनि भनिन्छ । ‘श्वेतार्क गणपति’को प्रतिमा घरमा स्थापित गर्नाले घरका सबै सदस्यहरूको दुःख निवारण हुने धार्मिक विश्वास छ ।

मुगा जडित गणेश: मुगा सिन्दूर रंगको एक रत्न हो । यसबाट निर्माण गरिएको गणेशको मूर्तिलाई पूजा स्थानमा स्थापित गरी नित्य पूजा गर्नाले शत्रुको नास हुने विश्वास गरिन्छ ।

पन्ना जडित गणेश: पन्ना पनि एक हरिणे रङको रत्न हो । यसबाट बनेको गणेशको प्रतिमा पूजा स्थानमा स्थापना गरी विधिपूर्वक पूजा गर्नाले सद्बुद्धि प्राप्ति हुन्छ। साथै सुख शान्ति र धन प्राप्ति हुने विश्वास पनि गरिन्छ ।

चाँदीको गणेश: धनको इच्छा राख्नेले चाँदीद्वारा निर्माण गरिएको गणेशको प्रतिमालाई पूजा गर्नुपर्ने विश्वास गरिन्छ । यस्तो प्रकारको प्रतिमा पूजा स्थानमा स्थापित गरी पूजा गर्नाले धन-सम्पत्ति प्राप्ति हुने घरमा सुख शान्ति हुने विश्वास गरिन्छ ।

चन्दनद्वारा निर्मित गणेश: पूजामा प्रयोग हुने चन्दनबाट निर्माण गरिएको गणेशको प्रतिमा घरमा राखेर पूजा गर्नाले कुनै पनि प्रकारका विपतबाट बच्न सकिने धार्मिक विश्वास छ । यस प्रकारको गणेशको पूजा गर्नाले परिवारमा सुख–शान्ति छाउने विश्वास गरिन्छ ।

पारद गणेश: धन-सम्पत्ति प्राप्तिका लागि पारोबाट बनेको गणेशको प्रतिमा पूजा स्थानमा राख्नु उपयुक्त मानिन्छ । यस प्रकारको प्रतिमा घरमा राखेर पूजा गर्नाले तन्त्रको प्रभाव नपर्ने पनि बताइन्छ ।

बाँसुरी बजाउँदै गरेको गणेश: घरमा झैझगडा तथा विवाद हुन्छ भने बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा राखी पूजा गर्नु उत्तम मानिन्छ । बाँसुरी बजाउँदै गरेको गणेशको प्रतिमा पूजा स्थानमा राखेर विधिपूर्वक पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने विश्वास गरिन्छ ।

हरियो रंगको गणेश: हरियो रंगको श्री गणेशको पूजा गर्नाले ज्ञान र बुद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।साथै घरमा राखेर विद्यार्थीहरूले नित्य पूजा गर्नु उत्तम मानिन्छ ।

हात्तीमा विराजमा गणेश: हात्तीमा विराजमान श्रीगणेशको पूजा गर्नाले पैसा, इज्जत र स्वाभिमान वृद्धि हुने धार्मिक विश्वास छ ।

नाच्दै गरेको गणेश: नाच्दै गरेको भगवान् गणेशको प्रतिमा पूजा कोठामा स्थापित गरी पूजा गर्नाले मनमा शान्ति मिल्ने तथा तनावबाट मुक्त भइने धार्मिक विश्वास छ ।

पञ्चमुखी गणेश: पञ्चमुखी श्रीगणेशको पूजा गर्नाले कुनै पनि तान्त्रिक क्रियामा कुनै पनि बाधा–अड्चन नआउने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ५४ बजे

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि