लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली « Khabarhub

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा- बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७औँ साधारण सभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् ।

दुई कार्यकाल सफल बनाएर स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवालीले पुनः अध्यक्षको जिम्मेवारी पाएका हुन् । मायादेवी–४ झुलनीपुरस्थित विद्यालयले लुम्बिनी क्षेत्रमा धेरैलाई शिक्षाको पहुँचमा पुर्‍याई त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याएको छ ।

संस्थाको साधारण सभाबाट आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा ज्ञवालीसहित प्रबन्ध सञ्चालकमा पिताम्बर न्यौपाने, संचालक सदस्यहरुमा मिथुनमान श्रेष्ठ, शेखर कार्की, मोहम्मद हारुन खान, नसिम अख्तर र शक्तिधर यादव सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक प्रख्यात बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५३ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले