युद्ध छाडेर वार्ताको बाटोमा फर्किन राष्ट्रसंघमा नेपालको आग्रह « Khabarhub

युद्ध छाडेर वार्ताको बाटोमा फर्किन राष्ट्रसंघमा नेपालको आग्रह


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपालले विरोध गर्ने जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै युक्रेन, अफगानिस्तान, म्यानमार र लिबिया विषयमा नेपालको स्पष्ट धारणा राख्ने क्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘नेपालले कुनै पनि बहाना र परिस्थितिमा कुनै पनि देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध कुनै पनि खतरा वा बल प्रयोगको विरोध गर्दछ,’ रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै परराष्ट्र सचिव पौड्यालले भने ।

युक्रेन युद्धमा भएको सर्वसाधारणको मृत्यु र पीडाप्रति उनले गहिरो चिन्ता समेत व्यक्त गरे । उनले अगाडि भने, ‘हामी शत्रुता र हिंसाको तत्काल अन्त्यको लागि आह्वान गर्दछौँ र सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयम अपनाउन र वार्ताको बाटोमा फर्कन आग्रह गर्दछौँ ।’

अफगानिस्तान अनिश्चितता र हिंसाको शिखरमा रहेको उनले बताए । अफगान जनताले गरिबी र मानवीय पीडाको सामना गरिरहेको समेत उनले जनाए ।

‘हामी अफगान समाजका सबै वर्गहरूका लागि स्वास्थ्य र शिक्षा लगायतका निर्बाध मानवीय सहायता र सार्वजनिक सेवाहरू सुनिश्चित गरिनुपर्छ भनी आह्वान गर्दछौँ,’ उनले भने ।

सम्बोधनका क्रममा परराष्ट्र सचिव पौड्यालले म्यानमारका सबै पक्षहरूलाई प्रजातान्त्रिक प्रक्रियाको पुनर्स्थापनाका लागि मार्ग प्रशस्त गर्दै आफ्ना प्रतिनिधिहरू चयन गर्ने जनताको इच्छालाई सम्मान गर्न पनि आग्रह गरे ।

यस्तै लिबिया, सिरिया र यमनका जनताले लामो समयदेखि कठिनाइ र पीडाको सामना गरिरहेकोमा उनले चिन्ता व्यक्त गरे । हिंसा अन्त्य गर्न र शान्तिमा फर्कन सम्बन्धित पक्षहरूले द्वन्द्व समाधानका शान्तिपूर्ण माध्यमको सहारा लिनुपर्नेमा उनले जोड दिएका थिए ।

लामो हिंसा र द्वन्द्वले प्यालेस्टिनी र इजरायली नागरिकहरूलाई पीडा दिएको उनले बताए । उनले थपे, ‘नेपालले दुई राज्य समाधानको लागि आफ्नो दीर्घकालीन दृष्टिकोणलाई दोहोर्‍याउँदछ, जसमा प्यालेस्टाइन र इजरायलले मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाना भित्र शान्ति र सुरक्षाका साथ बस्छन्।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : ५९ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर