रवीन्द्र मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने « Khabarhub

रवीन्द्र मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् । 

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् । 

मिश्रसहितको उनको टिम नै राप्रपामा प्रवेश गर्न लागेको हो । वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने राप्रपा स्रोतले जानकारी दिएको छ । ‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।’

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको