अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

सिट बाँडफाँडमा सहमति जुटाउन बिहानैदेखि छलफलमा जुटेको सत्ता गठबन्धनले आज साँझसम्म बैठक बसेर टुंगो लगाउने तयारी भएको छ । बैठक बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । शीर्ष नेताहरूको बैठकमा कार्यदलले दिएको प्रतिवेदनको आधारमा छलफल चलिरहेको राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले जानकारी दिए । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज दिनभर छलफल गरेर टुङ्गोमा पुग्ने तयारी भैरहेको उनले बताए ।

२. हरिकृष्ण कार्की बने कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि आज भारत गएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । आगामी असोज १५ गतेपछि ६५ वर्षे उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाने भएपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हाल्ने भएका हुन् ।

३. भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपालले विरोध गर्ने

परराष्ट्र सचिव भरत राज पौड्यालले कुनै पनि बहानामा कुनै पनि देशको भौगोलिक अखण्डतामाथि हुने बल प्रयोगको नेपालले विरोध गर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७औं महासभालाई अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै सचिव पौडेलले युक्रेन, अफगानिस्तान, म्यानमार र लिबियाका विषयमा नेपालको धारणा राख्ने क्रममा उक्त कुरा बताएका हुन् । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध जनाउँदै परराष्ट्र सचिव पौड्यालले नेपालले कुनै पनि बहाना र परिस्थितिमा देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र सार्वभौमसत्ता विरुद्ध कुनै पनि खतरा वा बल प्रयोगको विरोध गर्ने बताए ।

५. खुला बजार कारोबार विनियमावली संशोधन गर्दै राष्ट्र बैंक

दशैं बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने भएको छ । यो वर्ष दशैँमा शनिबार समेत लगातार ८ दिन सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा बैंकिङ प्रणालीमा तरलताका कारण आउनसक्ने समस्यालाई मध्यनजर गर्दै विनियमावली संशोधन मार्फत स्थायी तरलता सुविधा (एस एल एफ) को अवधि बढाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

६. उपभोक्ता मञ्चले चाडवाड लक्षित बजार अनुगमन देशैभरी गर्ने

उपभोक्ता हित संरक्षण मञ्चले सातै प्रदेशमा बजार अनुगमनलाई तीव्रता दिने भएको छ । विशेष गरी चाडवाडलाई लक्षित गरेर अनुगमन तीव्र पारेको उपभोक्ता अधिकारकर्मी ज्योति बनियाले बताए  ।

७. भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गरेका हुन् ।

८. स्मार्ट बत्ती जडान पछि कोटेश्वर-सूर्यविनायक सडक झिलिमिली

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप-आइल्यान्डमा बत्ति जडान गरी सञ्चालनमा ल्याइएको जनाएको छ । थाइल्याण्डमा राखिएका पोलहरुमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट वत्ति जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर-सूर्यविनायक सडकखण्ड रातको समयमा झिलिमिली बन्न थालेको छ ।

९. पाकिस्तानलाई थप १ करोड अमेरिकी डलर सहायता दिने घोषणा

अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १ करोड अमेरिकी डलर सहायता दिने घोषणा गरेका छन् । वाशिङ्टनमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताउँदै सो सहायता दिने बताएका हुन् । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए ।

१०. नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ  । घरेलु टोली नेपालले काठमाडौँको दशरथ रंगशालामा फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल आज साँझ साढे ५ बजे सुरु हुनेछ ।  

 

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ४ : २९ बजे

नौबीसेपछि नागढुंगानजिकै अर्को पहिरो, गाडीको लामो जाम

काठमाडौं– नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो डोजरले

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको

अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

काठमाडौं– काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

काठमाडौं– चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको