राष्ट्रपति भण्डारीले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति भण्डारीले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो ।

यस्तै नवौं राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ ।  नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोशाक लगायतका सुविधा उपलब्ध गराइएको बताइएको छ । कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रतियोगितापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तराष्ट्रिय प्रतियोगिताहरूमा अवसर प्रदान गर्ने बताए ।

उनले खेल सम्पन्न गर्नका लागि सरकार लगायत सबैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ट ढंगले प्रतियोगिता सञ्चालन गर्ने धारणा राखे । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न नभईसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३६ बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको