राष्ट्रपति भण्डारीले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने « Khabarhub

राष्ट्रपति भण्डारीले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा नवौंको उद्घाटन असोज २८ गते शुक्रबार राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो ।

यस्तै नवौं राष्ट्रिय खेलकुदको समापन कार्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने समितिले जनाएको छ ।  नवौंको उद्घाटन र समापन पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ । त्यस्तै खेलाडी, व्यवस्थापक, प्रशिक्षकलाई कोटा अनुसार खेल पोशाक लगायतका सुविधा उपलब्ध गराइएको बताइएको छ । कार्यक्रममा राखेपका सदस्य सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रतियोगितापछि क्लोज क्याम्पमा राख्ने र अन्य अन्तराष्ट्रिय प्रतियोगिताहरूमा अवसर प्रदान गर्ने बताए ।

उनले खेल सम्पन्न गर्नका लागि सरकार लगायत सबैबाट सहयोग प्राप्त भएको र यसअघि भन्दा उत्कृष्ट ढंगले प्रतियोगिता सञ्चालन गर्ने धारणा राखे । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न नभईसकेको छ । नवौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ५ : ३६ बजे

प्रचण्डसँग असन्तुष्ट वामदेव, फिर्ता गरिदिए बर्दिया १ को टिकट

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर

हिउँदको कठ्याङ्ग्रिने चिसो : भोटेकोसीमा राफ्टिङको साहस (तस्बिरहरू)

काठमाडौं– सामान्यतया गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रस्थित तल्लो भोटेकोसी (सुनकोसी)

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई