यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा | Khabarhub Khabarhub

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा


११ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियानलाई तीव्र पारेको छ । चाडबाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो ।

ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्याङकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उक्त अभियानमा तालिम प्राप्त प्राविधिकसहितको टोली परिचालन गरिएको थियो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइने जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरु गरिएको उनले बताए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली आज ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो । गएको भदौ १५ गतेदेखि प्रहरीले अभियानकै रुपमा कारबाही अभियान थालेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २८ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो