रानाथारूको तिहार मनाउने शैली फेरियो « Khabarhub

रानाथारूको तिहार मनाउने शैली फेरियो


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी – रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन। तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन। “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन”, उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो।” रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ”, रानाले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ।” रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन। तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन। “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो।” उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ।”

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाका साहेब रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताए। “हाम्रो परम्पराअनुसार त तिहारलाई दिवारीका रूपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो”, उनले भने, “गीतमा सुख, शान्ति आओस्, घरबाट राक्षस बाहिर जाओस् भन्ने हुन्छ।”

अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उनले बताए। “एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ”, रानाले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ।” पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उनले बताए। यसबाहेक विभिन्न परिकारसमेत बनाउने गरिन्छ।

बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारू समुदायले तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नभएको बताए। “पुर्खाको पालामा भगवान्को मात्रै पूजा गर्ने चलन थियो, अहिले अरुको देखेर भाइटीका लगाउन थाले”, उनले भने, “राना समुदायमा कुखुराको बलि दिने चलन छ थारू समुदायमा बलि दिइँदैन, पूजामात्रै गरिन्छ।”

बदलिँदो परिवेशसँगै हरेक समुदायका पर्वहरू मनाउने चलनसमेत फेरिन थालेका छन्। पण्डित कविराज भट्ट बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमा समेत त्यसको असर देखिन थालेको बताउँछन्। “प्रविधिका कारण हरेक सुमदायका पर्व परम्परागतभन्दा पनि मिश्रित हुन थालेका छन्”, उनले भने, “पर्वका सांस्कृतिक र मौलिक पक्षको बेवास्ता गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालिएको छ।”

हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताए।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ७ : ४९ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी