म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता « Khabarhub

म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ-  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।

सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘स्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक पर्छ ।’ उनले भने, ‘गर्भवती चरणदेखि नै महिलालाई स्वास्थ्य बनाउन गाउँपालिकाले यस कार्यक्रम ल्याएको हो ।’

महिलालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमितरूपले स्वास्थ्योपचारका साथै बच्चा जन्मिसकेपछि गाउँपालिकाले सकेको आर्थिक सहयोग गर्दै आएको उनले बताए । ‘गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरेको गर्भवती उत्प्रेरणा कार्यक्रमअन्तर्गत आठ सय र यातायात खर्च दिँदै आएका छाैँ’, उनले भने, ‘जनतासँगको सहकार्यका आधारमा हामीले सुत्केरीसँग अध्यक्ष कार्यक्रम ल्याएका हौँ, सुत्केरी पोषणभत्ता र यातायात खर्चले निम्न वर्गका लागि राहत हुने विश्वास गरिएको छ ।’

त्यसैगरी गाउँपालिकाले गर्भवती हुनका लागि घरबाट चौकीसम्मको एम्बुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्म  एम्बुलेन्स सेवा पनि निःशुल्क दिँदै आएको छ । थर्पु स्वास्थ्यचौकीका सिनियर अहेव सूर्य श्रेष्ठले साउनदेखि हालसम्म स्वास्थ्यचौकीमा सुत्केरी भएका २१ महिलालाई पोषणका साथै यातायात खर्च प्रदान गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १२ : २१ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि