म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता « Khabarhub

म्याग्देमा २१ सुत्केरीलाई पोषण भत्ता


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ-  जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले अध्यक्षसँग कार्यक्रमअन्तर्गत २१ सुत्केरीलाई पोषणका लागि रकम वितरण गरेको छ । थर्पु स्वास्थ्यचौकीको समन्वय र गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकाभित्रका सुत्केरीलाई जनही पाँच हजारका दरले पोषण भत्ता वितरण गरेको हो ।

सभ्य समाज निर्माणका लागि स्वास्थ्य हुन आवश्यक पर्ने भएकाले सुत्केरीलाई प्रोत्साहन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । ‘स्थ्य बच्चा जन्मनका लागि आमा स्वास्थ्य र बलियो हुन आवश्यक पर्ने भएकाले पोषिलो खाना आवश्यक पर्छ ।’ उनले भने, ‘गर्भवती चरणदेखि नै महिलालाई स्वास्थ्य बनाउन गाउँपालिकाले यस कार्यक्रम ल्याएको हो ।’

महिलालाई स्वास्थ्य रहन बच्चा जन्मनुभन्दा पहिलादेखि नै नियमितरूपले स्वास्थ्योपचारका साथै बच्चा जन्मिसकेपछि गाउँपालिकाले सकेको आर्थिक सहयोग गर्दै आएको उनले बताए । ‘गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरेको गर्भवती उत्प्रेरणा कार्यक्रमअन्तर्गत आठ सय र यातायात खर्च दिँदै आएका छाैँ’, उनले भने, ‘जनतासँगको सहकार्यका आधारमा हामीले सुत्केरीसँग अध्यक्ष कार्यक्रम ल्याएका हौँ, सुत्केरी पोषणभत्ता र यातायात खर्चले निम्न वर्गका लागि राहत हुने विश्वास गरिएको छ ।’

त्यसैगरी गाउँपालिकाले गर्भवती हुनका लागि घरबाट चौकीसम्मको एम्बुलेन्सको व्यवस्था र चौकीमा सुत्केरी हुन नसकेमा पोखरासम्म  एम्बुलेन्स सेवा पनि निःशुल्क दिँदै आएको छ । थर्पु स्वास्थ्यचौकीका सिनियर अहेव सूर्य श्रेष्ठले साउनदेखि हालसम्म स्वास्थ्यचौकीमा सुत्केरी भएका २१ महिलालाई पोषणका साथै यातायात खर्च प्रदान गरिएको जानकारी दिए । 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १२ : २१ बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा