‘नो नट अगेन’ अभियानबाट तर्सिएका बुढा नेताहरु | Khabarhub Khabarhub

‘नो नट अगेन’ अभियानबाट तर्सिएका बुढा नेताहरु

निर्वाचन आचारसंहिता लगाएर अभिव्यक्तिमै अंकुस लगाउने प्रयास !


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बुढापाका नेताहरू चुनाव प्रचारमा व्यस्त रहेका बेला दुई दिनअघि निर्वाचन आयोगको एउटा विज्ञप्तिले नेपाली राजनीति र सामाजिक सञ्जाल तरंगित बन्यो । पछिल्लो समय बुढापाका नेताहरूले कुर्सी मात्रै ओगटिरहेको तर व्यवहारमा केही गर्न नसकेको दृष्टान्त प्रस्तुत गर्दै अब आउँदो चुनावबाट स–सम्मान बिदा गर्नुपर्ने आवाज उठिरहेको थियो ।

जसलाई ‘नो नट अगेन’ अभियानले नेतृत्व गरिरहेको थियो । केवल सामाजिक सञ्जालमा सीमित यो अभियानले धेरै युवाहरुलाई प्रेरित गरेको छ भने बुढापाका नेताहरुलाई तर्साएको छ । दलीय झुण्डको शक्तिमा सत्ताको दुरुपयोग गर्दै आएका नेताहरु यसपटक पनि सोही नियति दोहोर्याउने अभियानमा छन् ।

तर स्थानीय तहको चुनावबाट बालेन शाह, हर्क साम्पाङ र गोपी हमाल जस्ता स्वतन्त्र उम्मेद्वार मेयर बनेर आएपछि त्यसैबाट प्रेरित भएर सामाजिक सञ्जालमा अब बुढापाका नेताहरुलाई चुनावबाट बिदा गर्नुपर्छ भन्दै ‘नो नट अगेन’ अभियान चलेको थियो ।

जसको प्रभाव सामाजिक सञ्जालमा राम्रो छ । धेरै युवाहरुले साथ दिएका छन् । राजनीतिक दलकै पार्टीमा रहेका युवा नेताहरुले पनि यो अभियानलाई भित्रभित्रै साथ दिइरहेका छन् । तर भोट माग्न गाउँ गाउँ पुगिरहेका नेताहरुलाई ‘नो नट अगेन’ अभियानको हल्का हावा लाग्नेवित्तिकै तर्सेर निर्वाचन आयोग गुहार्न बाध्य भएका छन् ।

खासगरि सामाजिक सञ्जाल प्रेरित नेताहरु नो नट अगेन अभियानबाट धेरै तर्सिएका छन् । आयोगले पनि नेताहरुलाई बल पुग्ने आशयले विज्ञप्ति जारी गरेर ‘नो नट अगेन’ फेसबुक पेज नै बन्द गर्न विज्ञप्ति जारी गरिदियो ।

आयोगले यस्ता अभियान चलाउँदा संयम हुनुपर्नेमा जोड दिनुको साटो पेज नै बन्द गर्न उर्दी गरेपछि सामाजिक सञ्जालमा युवा र सामाजिक अभियान्ता आक्रोशित बनेका छन् । यो आक्रोशले उल्टै आयोग र बुढापाका नेताहरुलाई तर्साएको छ ।

स्वतन्त्र सामाजिक सञ्जालमा सीमित अभियानका युवाहरुलाई तर्साउने आयोग र बुढापाका नेताहरुको प्रयास उल्टै आफ्नै खुट्टामा बन्चरो हानेजस्तो भएको छ । यतिबेला सामाजिक सञ्जालमा नेताहरुको झन् चर्को आलोचना चुलिएको छ । यो आलोचनाले यति धेरै आक्रोश बढाएको छ कि आम मानिसहरुको पनि ध्यानाकर्षण बढाएको छ ।

साँच्चै बेलायतमा हालै ४२ वर्षका सुनक ऋषि नयाँ प्रधानमन्त्री बनेका छन् । अरु देशमा पनि युवा व्यक्तिहरू सत्ताको बागडोर सम्हाल्न आइपुगेका छन् । तर नेपालमा भने अहिले पनि ७० वर्षको बुढो उमेर पार गरेका नेताहरू चुनावी मैदानमा छन् । र, उनीहरु कुनै पनि हालतमा सत्ता नछाड्ने अडान लिइरहेका छन् ।

सत्ता नछाड्ने र लाखौँ युवाहरूको भविष्य खाडीमा पुर्याउने नेताहरूलाई बिदा गर्नुपर्छ भन्नु यो देशको आवश्यकता बनिसकेको छ । तर अहिले पनि यसप्रति दलहरू गम्भीर नबन्नु र उल्टै निर्वाचन आयोगको विज्ञप्तिमार्फत तर्साउने प्रयास गर्नु राम्रो होइन ।

निर्वाचन आचारसंहिता लाग्ने भएर पेज सञ्चालन गर्दा केही संयम अपनाउन आग्रह गर्नु स्वभाविक थियो । तर त्यसको दुई कदम अगाडि बढेर पेज नै बन्द गराउने र युवाहरूलाई तर्साउने आयोगको हर्कत कदापी युवाहरूका लागि स्वीकार्य हुन सक्दैन । यसले भोलिका दिनमा पनि धेरै ठूलो असर ल्याउन सक्छ ।

त्यसैले अरुलाई तर्साउनुभन्दा आफैले बलियो गरि एजेन्डामूलक राजनीति गर्नु आजको आवश्यकता हो । अन्यथा, मुख नै चुप लगाउन खोज्ने दलका बुढा नेताहरुको ज्यादती सके यही नसके अर्को चुनावबाट बिदा हुनुपर्ने बाध्यात्मक अवस्था ल्याउन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  १ : ०१ बजे

भोटेकोशीले बगायो लार्चाको पुल, तातोपानी नाकासँग सम्पर्क विच्छेद

काठमाडौं– अरनिको राजमार्गअन्तर्गत भोटेकोशी नदीले सिन्धुपाल्चोकस्थित लार्चाको पुल बगाएको छ

मकवानपुरको सिस्नेरीमा ३० घर बगे, खानीखेतका २८ घर डुबानमा

मकवानपुर– अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका

सिरहामा बाढीले बगायो हुलाकी सडक

लहान – सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक

पहिरोका कारण तनहुँका विभिन्न सडक अवरुद्ध

तनहुँ– दुई दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहान पहिरो

मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

इलाम – मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ