अझै रोकिएन पटका आतंक « Khabarhub

अझै रोकिएन पटका आतंक


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा– हिन्दुहरूको दोस्रो महान पर्वको रुपमा रहेको तिहार यस वर्ष बिदाई संगारमा हुँदासमेत पटाकाको आतंक अझै रोकिएको छैन । उज्यालोको पर्वको रुपमा रहेको यो उमंगको पर्व पनि हो । लक्ष्मीको पूजा, झिलीमिली, रंगोली, र सजावटले तिहारमा रौनकता ल्याए पनि यस्को एउटा अंग पटाका र आतेशबाजी बन्न पुगेको छ । नेपालको कानुनले प्रतिबन्ध लगाएको आतिसबाजी पटका भने नेपालमा अवैध रूपमा भित्रिएर पड्किने गर्छ । 

नेपाल सरकार र स्थानीय प्रशासन कार्यालयलेसमेत सूचना नै जारी गर्दे ओसारपसार र पड्काउनसमेत रोक लगाए पनि तिहारको अन्तिम दिन पनि ठूला-ठूला आवाजमा पटका पड्किरहेका छन् । भारतमा खुला रूपमा पाइने र पडकाउनसमेत मिल्ने प्रावधान भएकोले सीमावर्ती क्षेत्रमा अवैध रूपमा भारतबाट नै नेपालमा पटाका भित्रिने गर्छ । 

सुरक्षा निकायलेसमेत तिहारलाई लक्षित गर्दै सीमाबाट पटाका भित्रिन नदिन कडाइका साथ चेकजाँच गरे पनि पटाकाको आतंक तिहार आउनुभन्दा पहिलेबाट र लक्ष्मी पूजाको सकिँदासमेत भइरहेको छ । सीमावर्ती क्षेत्रका बजारमा मात्रै होइन गाउँ-गाउँ र उपत्यकासम्म पटकाको आतंक रहेको छ । 

भारतबाट भित्र्याएर गैरकानुनी रूपमा बिक्रीवितरण हुने गरेको छ । सजावटका पसल, किराना तथा जनरल स्टोर्सहरुमा लुकिछिपी बिक्रीवितरण भएर यो आतंक अझै पनि रोकिएको छैन । अधिकांश जिल्ला प्रशासन कार्यालयले पटकाजन्य विस्फोटक पदार्थ प्रतिबन्ध गरे पनि यत्रतत्र पटका पड्किएको आवाज सुनिएको छ ।

प्रशासनको बेवास्ताका कारण यस्ता गैरकानुनी क्रियाकलापले प्रसय पाएको छ । प्रतिबन्धित पटकाजन्य पदार्थ खुलेआम अड्काइरहँदा रूपन्देही प्रहरीले कसैलाई कारवाही गरेको छैन । विगतका वर्षहरूमा भारी मात्रामा पटाकाजन्य बस्तु बरामद गरेपनि यो वर्ष खासै प्रहरीले नियन्त्रण लिएको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले यस वर्ष खासै पटाकाजन्य बस्तु नियन्त्रणमा नआएको बताए । ‘हामीले यस वर्ष कसैलाई कारबाही पनि गरेका छैनौँ’ उनले भने । 

सिमा सुरक्षा र अवैध ओसारपसार नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले भने अवैध पटाकाजन्य नियन्त्रणमा लिई डिस्पोज समेत गरेको बताए । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले चेकजाँचको क्रममा जिल्लाका विभिन्न क्षेत्रबाट युनिटले पटाकाजन्य बरामद गरेको थियो, युनिट स्वयंले नै डिस्पोज गरेको छ । 

ठूला ठूला आवाजमा पटाका विस्फोट हुँदा समेत प्रशासन मौन रहेको स्थानीयहरुको भनाई छ । अरुलाई असर गर्ने, कान नै जाने गरी पटाका जथाभावी रुपमा पडकाउदा वृद्ध र बालबालिकामा धेरै असर गर्ने गर्छ । पटाका जलाउँदा आखा कानमा प्रत्यक्ष असर गर्ने  भएपनि सावधानी नअपनाई पटाका सँग खेल्दा निस्किने आवाज र धुवाँले दीर्घकालीन असर समेत गर्न सक्छ । रमाइलोका लागि ठूलो रकम खर्चेर पटका पड्काउँदा आगलागी तथा अंगभंग समेत हुनसक्ने भएकाले प्रशासनले यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ५ : ४५ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न