इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन « Khabarhub

इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो ।

लेबनान र इजरायलले गत असोज २५ गते पूर्वीभूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । उक्त घोषणाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ । समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए ।

लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वीभूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ६ : ४६ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक